रौतहट : नेपाली काग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज २० कृकेट लिग प्रतियोगिता २०८२ अन्तर्गत चन्द्रपुर ८ बेतौना स्थित कोटिहोम कृकेट मैदानमा सम्पन्न तेस्रो दिनको पहिलो खेल लक्ष्मी श्री बहुमुखी क्याम्पस गढिमाई नगरपालिका र श्री देवी सिटिईभिटी कलेज माधवनारायण नगरपालिका बिचमा सम्पन्न भएको छ ।
उक्त खेलमा श्री देवी सिटिईभिटी कलेज माधावनारायण नगरपालिका २ विकेटले विजयी भएको थियोे । टस जितेर ब्याटिङमा उत्रेको लक्ष्मी श्री बहुमुखी क्याम्पसले २० ओभरमा ११९ रनको योगफल तयार पारेको थियोे । जवाफी ब्याटिङमा उत्रिएको श्री देवी सिटिईभिटि क्याम्पसले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरि विजयी बन्न सफल भएको थियोे ।
उक्त खेलका प्लेयर अफ द म्याच श्री देवी सिटिईभिटी क्याम्पसका रणवीर यादव बन्न सफल भएका थिए । उनले २६ बलमा ३६ रन बनाउनुको साथै ४ ओभरमा २९ रन खर्चेर ३ विकेट प्राप्त गरेका थिए । यसैगरी तेस्रो दिनको दोस्रो खेल गौरीशंकर बहुमुखी क्याम्पस गौर र कटहरीया बहुमुखी क्याम्पस कटहरीया बिचमा सम्पन्न खेलमा गौरीशंकर बहुमुखी क्याम्पस गौर ५ विकेटले विजयी भएको छ । टस गुमाएर ब्याटिङमा उत्रिएको कटहरिया बहुमुखी क्याम्पसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पार्नुभएको थियोे । जवाफी ब्याटिङमा उत्रिएका गौरीशंकर क्याम्पस गौरले १३.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भएको थियो। यस खेलका प्लेयर अफ द म्याच गौरीशंकर क्याम्पस का डब्लु मल्लिक बनेका छन् । उनले ३७ बलमा अविजित ३१ रन जोड्न सफल हुनुको साथै ४ ओभरमा २४ रन खर्चेर २ विकेट प्राप्त गरेका थिए ।