रौतहट,२४ जेष्ठ । मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यका साथ तीनै सुरक्षा निकायले संयुक्त प्रतिकार्य अभ्यास गरेका छ्न । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा तीनवटै सुरक्षा निकायको सहभागितामा गौर नगरपालिका–४ बरहवा तालमा ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनी गरिएको हो ।
प्रर्दशनीमा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरुको संयुक्त सहभागितामा आईपर्ने विपत र त्यसबाट हुने सम्भावित क्षती कम गर्ने उद्देश्यका साथ अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले बताए ।
३० बर्ष पछी मधेश प्रदेशमा अधिक बर्षा हुने पुर्बानुमानका बीच गरिएको यो प्रर्दशनीको प्रभाबकारिता हुनेमा शसस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटरका प्रमुख गणपति सन्तोष कुमार बस्नेतले बताए ।
कृत्रिम अभ्यास अन्तर्गत मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी, पानीमा खोज तथा उद्धार, ईमप्रोभाईज सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटर बोट तथा पुलबाट रेस्क्युको प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्य कृत्रिम अभ्यास लगायत आगलागी नियन्त्रणका सामाग्रीहरुको प्रदर्शनी रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव, गौर नगरपालिका प्रमुख शम्भु साह, राजदेवी नगरपालिका प्रमुख भिखारी यादब, दुर्गाभगवती गाउपालिकाका अध्यक्ष शम्भु सिह, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, नेपाली सेना नारायणदल गण रौतहटका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल, जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति शसस्त्र प्रहरी उपरीक्षक. सन्तोष कुमार बस्नेत, संचारकर्मी, रेडक्रस कार्यालयका प्रतिनिधि, आरडिसी तथा माण्डवी संस्थाका प्रतिनिधि लगायत स्थानीय जनप्रतिनिधी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।