ट्राफिक सप्ताह:तेश्रो दिन १४ जना द्वारा रक्तदान

चन्द्रपुर । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ अन्तर्गत रौतहटमा तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जनाले रगत दान गरेको अस्पतालका प्रमुख डाक्टर सुवाष  चौधरीले जानकारी दिए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राई सहित ट्राफिक प्रहरी कार्यालय रौतहट मातहतका ट्राफिक प्रहरी जवान,सशस्त्र प्रहरीले रक्तदान गरेको डा.चौधरीले जानकारी दिए । 

कार्क्रममा सशस्त्र बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र गुरागाई,चन्द्रपुर अस्पतालका प्रमुख चिकित्सक डा.सुवास चौधरी, चन्द्रोदय साकोसका उपाध्यक्ष रामशरण गौतम लगायत अन्यको उपस्थितिमा १४ जनाले रक्तदान गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीका अनुसार संकलन गरिएको रगत अत्यावश्यक सेवाका लागि सुरक्षित राखिएको छ । तेस्रो दिन आज ट्राफिक सचेतना सम्बन्धि अन्य कार्यक्रम समेत भइरहेको प्रमुख अधिकारीले जानकारी दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles