रौतहट । रौतहटमा विभिन्न दल त्यागेर नेपाली काङ्ग्रेसमा करिब २ सय जना प्रवेश गरेका छ्न । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले नव प्रवेशीहरुलाई टीका लगाई पार्टीमा भित्र्याएका हुन । सोमबार जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया टोलम आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको काङ्ग्रेस मधेस प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका -५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी नेतुत्वमा , जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरू यसअघि नेकपा एकीकृत समाजवादी र नेकपा एमालेमा सक्रिय रुपमा लागेका कार्यकर्ता हुन ।