चन्द्रपुर । दुई महिनादेखी कार्यालय प्रमुखबिहिन रहेको रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रशासकिय अधिकृत पाएको २४ घण्टा नबित्दै सरुवा भएपछि नगरपालिका पुनःप्रशासकीय अधिकृत बिहिन बन्न पुगेको छ ।
गुजरा नगरपालिकामा कामकाज गर्न भनी २०८१ भदौ ५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको २०८२ वैशाख १७ गते जनकपुर उपमहानगरपालिकामा सरुवा भएपछि २ महिना प्रशासकयि अधिकृतबिहिन रहेको पालिकामा असार १ मा प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले हाजिर गरेर आफ्नो कामकाजको तयारी गरिरहेको बेला हाजिर भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई चन्द्रपुर नगरपालिकामा सरुवा गरेपछि गुजरा नगरपालिका पुनः प्रशासकीय अधिकृतबिहिन बन्न पुगेको हो ।
हाजिर भएकै दिन पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कार्यप्रति गुजरा नगरपालिकाले बिशेष नगरसभाले खेद प्रस्ताव समेत पारित गरेको छ ।
‘प्रशासकीय अधिकृतको विषयमा विशेष नगरसभाबाट मन्त्रालयको कदमप्रति खेद प्रस्ताव पारित गर्दै अविलम्ब प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका छौं’,मेयर चौधरीले भने आर्थिक बर्षको अन्त्यमा खटाइएको कार्यालय प्रमुखलाई सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृत विहीन बनाउनु बिकास निर्माण लगायतका कार्य प्रभावित हुने भएकाले मन्त्रालयले अविलम्ब प्रशासकीय अधिकृत खटानै पर्छ । आर्थिक बर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाई नगरको विकासमा अवरोध गर्ने मन्त्रालयको कार्य गैरजिम्मेबारी पुर्ण कार्य भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदै बिशेष नगरसभाले अविलम्ब नयाँ प्रशासकीय प्रमुख खटाउन माग गरेको छ,मेयर चौधरीले भने । ’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा गुजरा नगरपालिकाका विकास निर्माण लगायत अन्य कामकाज प्रभावित हुनुका साथै विभिन्न विकास निर्माणका योजनाहरुको करोडौं रकम भुक्तानी हुनबाट रोकिएको छ ।
असारमा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकामा प्रदेश सरकारको सशर्त अनुदानको करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको छ भने गुजरा नगरपालिकाका विकास निर्माणका कामकाज प्रभावित हुनुका साथै करोडौंको रकम फ्रिज हुने अवस्थामा पुगेको मेयर चौधरीले बताए ।
आर्थिक वर्षको अन्त्यतिर आएर मन्त्रालयले आर्थिक चलखेलको आधारमा बदनियतपूर्ण ढंगले आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत अन्यत्र सरुवा गरी नगरको विकास निर्माण लगायत अन्य कार्यमा अवरोध पुर्याउने काम गरेकामेयर चौधरीको आरोप छ ।
यता,चन्द्रपुरमा असार २ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले त्यहाँ हाजिरीबाहेक अन्य केही काम नगरेको आरोप सेवाग्राहीहरुको छ । साहले सामान्य तोकपनि मेयरसंग गएर लगाउनु भन्दै फर्र्काइदिने काम गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।