गरुडा। रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्।
गत आईतबार कक्षा १० मा अध्ययनरत १६ वर्षीया छालालाई मोबाइलमा ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि उत्पन्न परिस्थितिका कारण विद्यालयले उनलाई हटाउने निर्णय गरेको हो।
असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठकले यस्तो निर्णय गरेको विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले बताए।
विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी छात्रालाई मोबाईलमा सन्देश पठाउँदै आएको खुलासा अभिभावकले दिएको उजुरीले गरिदिएको छ।
४९ वर्षीय साहले कक्षा ७सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय पढाउँदै आएका थिए । सन्देश सार्वजनिक भएपछि विद्यार्थी आक्रोशित बन्दै कुटपिट र तोडफोडडफ उत्रिएपछी प्रहरीले सिक्षक शाहलाई सोही दिन पक्राउ गरेको थियो।
साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर कारवाही अघी बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले बताए।
एक स्थानीयका अनुसार साह यसअधि २०६२/६३ सालतिर पनि यस्तै किसिमको दुव्यवहारमा संलय भएका थिए र सामाजिक दण्ड भोगेका थिए। तर कानूनी कारबाही नभएकाले यस्तो व्यवहार दोहोरिएको आरोप लागेको छ।
राहत कोटाका शिक्षक साह निमावि दरबन्दीका करार शिक्षक हुन्। शिक्षकको नियुक्ति प्रक्रिया कानूनसम्वत् नभएर दिएको उजुरी आधारमा २०७२ मा अख्तियारले समेत बर्खास्त गरेका व्यक्ति हुन् साह । अभिभावक, समाजसेवी र विद्यार्थीहरुले शिक्षक साहलाई कडा कानूनी कारबाहीको माग गर्दै पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरिरहेका छन्।


