चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एन्जल फाउन्डेसन शाखा कार्यलय डुमरवाना बाराको प्रविधिक सहयोगमा बित्तीय साक्षरता तथा स्वास्थ सचेतना कार्यक्रम आयोजना गरिएको छ। वित्तीय सचेतना सहकारी शिक्षा लगायतका विषयहरुमा सचेतना प्रदान गर्ने तथा स्वस्थ्य सम्बन्धी जिज्ञासाहरुको समाधान तथा रोग पहिचान गर्ने उद्देश्यले आयोजना गरीएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गणेश पौडेलले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर ९ का वडाअध्यक्ष नवराज देवकोटाले स्वास्थमा हेल्चेक्र्याई गर्न नहुने र समयमै उपचार गर्नुपर्ने बताए ।

कार्यकमा संस्थाका कोषाध्यक्ष कृष्ण चन्द्र पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सामाजिक कृयाकलाप उप-समितिका संयोजक वेदनाथ हुमागाईले संचालन गरेका थिए ।

कार्यक्रममा २ सय १३ जनाको सहभागिता रहेको थियो। स्वस्थ्य सम्बन्धी जिज्ञासाहरुको समाधान तथा रोग पहिचान गर्ने उद्देश्यले संचालन गरीएको कार्यक्रमा करीव ७५ जना गोगि पहिचान गरी श्रावण २९ गते उपचारका लागि पन्च आधारभूत विद्यालय, चन्द्रपुर-९ मा एन्जत फाउन्डेसन शाखा कार्यलय डुमरवाना बाराको प्रविधिक सहयोगमा निशुल्क स्वास्थ शिविरको आयोजना गरिने भएको छ ।


