गाँजा सहित थिङ प्रहरी फन्दामा

रौतहट ,२५ साउन । पुर्व पश्चिम राजमार्गको धनसर पुलबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेको समयमा  पश्चिम बाट पुर्व तर्फ आउदै गरेको  ना ८० प ९८९३ नंम्बरको मोटरसाईकल चालकमाथी शङका लागेर प्रहरी सहायक निरिक्षक टिका माँया सिवाकोटिको कमाण्डको टोलीले चेक जाँच गर्दा गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकि प्रमुख,प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिईन । 

 जेब्रा झोलामा लुकाई छिपाई ल्याउदैगरेको २ पोका प्लास्टिकमा ९ किलो ७५० ग्राम  लागु औषध गाँजा र मोटरसाईकल चालक  बाराको  निजगढ नगरपालिका १२ बस्ने बर्ष ३४ को दिपक थिङ र मोटरसाईकल समेत  नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको प्रमुख लाबुङले जानकारी दिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles