सशस्त्र प्रहरीद्वारा गोदाममा छापा,लाखौंको सामान बरामद

गरुडा । रौतहटको गरुडास्थित एक गोदाममा प्रहरीले छापा मारेर लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ ।  गरुडा ५ शिवनगर स्थित गौर-चपुर-सडक खण्डको शिवनगर चौक देखि पश्चिम-उत्तरतर्फ टिभिएस सोरुम नजिक रहेको एक गोदाम घरमा अबैध रुपमा चिनि भण्डारण गरि राखेको भन्ने सुचना अनुसार सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहट तथा जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले  खानतलासी गर्दा १ सय ६ बोरा चिनि,९ बोरा सिमेन्ट, ९ बोरा मल,१० बोरा सरफ सर्फ बरामद भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख,प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

बरमाद सामान ४ लाख २० हजार ३ सय रुपैयाँ बराबरको रहेको छ । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको र सामान कस्ले भण्डारन गरेर राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको उपरीक्षक बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles