काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बिहान बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका एआइजी खापुङलाई आईजीपी नियुक्त गरेको हो ।
हालका आईजीपी दीपक थापा भदौ १७ गतेबा अनिवार्य अवकाशमा जाने भएपछि सरकारले पहिलो वरीयतामा रहेको खापुङलाई नियुक्त गरेको हो ।


