सवारीमा ‘प्रेस’ लेख्न महासंघले लगायो बन्देज

रौतहट , १७ भाद्र । नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढिरहेको भन्दै अबदेखि सो शब्द लेखेर सवारी साधन चलाउन नपाईने निर्णय गरेको छ।
महासंघ शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र सो मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको महासंघका अध्यक्ष सन्जय कार्कीले जानकारी दिए।
अध्यक्ष कार्कीका अनुसार आपतकालीन अवस्था, कर्‍फ्यू वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा संचारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सकिने जनाएको छ । अन्य सामान्य अवस्थामा भने ‘प्रेस ‘ लेखेर सवारीसाधन प्रयोग नगर्न सबै संचारकर्मीलाई आग्रह समेत गरेको छ।
‘प्रेस’ लेखिएका सवारी साधनको नाममा व्यापक दुरुपयोग भएको गुनासो बढिरहेका कारण यसबारे गम्भीर निर्णय लिनुपरेको महासंघका सचिव गौतम श्रेष्ठले बताए। पछिल्लो समयमा जिल्लामा तस्करले समेत ‘प्रेस ‘ लेखेर दुरुपयोग गरेको पाईएकाले सुरक्ष्या निकायलाई समेत चेकजाच गर्न असहज हुने गरेको पाईएकाले ‘प्रेस ‘ लेखेर सवारी साधन नचलाउन र चलाएको पाईएमा यसका लागि जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी तत्काल छानबिन तथा चेकजाँच कडाइ गर्न आग्रह समेत गरिएको अध्यक्ष कार्केले बताए।
महासंघले यस कदमलाई पत्रकारिताको विश्वसनीयता र शुद्धतासँग जोड्दै सबै सरोकारवालाहरुलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles