सडक अतिक्रमण खाली गराउदै चन्द्रपुर

चन्द्रपुर ,१७ भाद्र ।

चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउन सुरु गरेको छ । लामो समयदेखि सडक र फुट्पाथ कब्जा गरेर ब्यवसाय संचालन गर्ने ब्यापारीले अटेर गरि  सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काग गर्दै आएपछी पालिकाले अतिक्रमण हटाउन थालेको नगरप्रमुख संजय काफ्लेले बताए ।  

अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा समेत अटेरी गरेपछि नगरपालिकाको टोली मंगलबार आफैँ फुटपाथ खाली गराउन सकृय रुपमा लागेको नगरप्रमुख काफ्लेले बताए ।

महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर- चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्मको फुटपाथ खाली गराउन लागिएको नगरप्रमुख काफ्लेले बताए । फुटपाथ खाली भएपछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा  सडकपेटीमा भिडभाड नहुने हुँदा बजार क्षेत्रमा फैलँदै गएको सडक र फुटपाथ अतिक्रमण अन्त्य गर्न नगरपालिकाले अभियान सुरु गरेको वडा नम्बर ४ का अध्यक्ष रबि राना मगरले बताए ।

बारम्बार सूचना जारी गरी सडक र फुटपाथ खाली गर्न नगरपालिकाले आग्रह गरे पनि कार्यान्वयन गर्न अटेर हुँदा पैदल यात्रुलाई आवतजावत गर्न समस्या हुँदै आएको थियो ।

नभएपछि मंगलबार बिहानै नगर प्रमुख सञ्जयकुमार काफ्ले नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको नगरप्रमुख काफ्केके बताए । नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले नगरपालिकाको यो कदमलाई सकारात्मक कदमका रूपमा लिएका छन्। फुटपाथ खाली भएपछि शहरको सौन्दर्य बढ्ने र पार्किङमा समस्या समेत कम हुने हुँदा यस्तो अभियानलाई निरन्तरता दिन जरुरी रहेको अध्यक्ष कार्कीले बताए ।

यता सडक र फुट्पाथका व्यापारीहरूले भने अचानक अतिक्रमण हटाउँदा आफ्नो व्यवसायमा असर पर्ने गुनासो गरेका छन्। बजार क्षेत्रमा व्यवस्थित पसल वा गोदामको अभाव भएकाले सामान सडकछेउमा राख्नुपरेको उनिहरु बताउँछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles