चन्द्रपुर। जन्मदिनको अवसरमा रैातहट चन्द्रपुरका ४ जना पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन । पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गैातम,प्रेस चैातारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र नेपाली कांग्रेसका नेता राजु पराजुलीले बुधबार परेको जन्मदिन संयुक्त रुपमा पृथक ढंगले मनाएका हुन ।

चारैजनाको संयुक्त तत्वाधानमा रैातहटको चन्द्रपुर ९ सिन्दुरेघारीमा रहेको नेपालको प्रथम जन्मोत्सव पार्कमा बिभिन्न प्रजातीका फलफुल लगायतका विरुवाहरु वृक्षरोपण गरिएको थियो । सो अवसरमा जन्मोत्सव पार्कका पदाधिकारीहरु श्याम श्रेष्ठ,महेन्द्र चैांलागाई,प्रराज चैांलागाँई,मदन सापकोटा,नवराज विष्ट,सुरेश दर्लामी, उदय भट्ट,मिरा थापा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसैगरि चारैजना महानुभावहरुले चन्द्रपुर -७ मा रहेको मानव सेवा आश्रममा रहनु भएका ४२ जना सहारा बिहीन सडक मानवहरुलाई साँझको भोजनको व्यवस्था गरेर आफ्नो जन्मदिन मनाएका थिए । सो कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद उप्रेती लगायत आश्रमका सहयोगिहरुको सहभागिता रहेको थियो ।


