चन्द्रपुर । नेपाली काङ्रेस क्षेत्र नम्बर ४ ले संविधानको रक्षा र वैदेशिक हस्तक्षेपको विरोधमा बिहिबार रौतहटको चन्द्रनिगापुरमा विरोध प्रदर्शन गरेको छ ।
क्षेत्रीय सभापती रामस्नेही याबदको अगुवाईमा मङलबार भएको जेन-जीको आन्दोलनका कारण निम्तिएको परिस्थितिले नेपालको संविधान खतरामा परेको भन्दै बिरोध प्रदर्शन गरिएको चन्द्रपुर नगरसभापति मुकेश गिरीले जानकारी दिए ।
आन्दोलनका नाममा अराजक तत्वको हावीका कारण लोकतान्त्रिक ब्यवस्थामाथीनै प्रहार हुन लागेकाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न एकजुट हुनुपर्ने र बिदेशी शक्तीले खेल्न थालेको भन्दै बिरोध स्वरुप प्रदर्सन गरिएको सभापती गिरीले बताए ।


