चन्द्रपुर । जेन-जी आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न ।
गत भाद्र २४ गते मङलबार जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा सुरु भएको छ ।

अभियानका रुपमा आज प्रहरी कार्यालयमा आगलागी बाट जलेर नस्ट भएका सर सामान सफा गर्दै सबैलाई भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरिएको युवा सुमन गौतमले बताए । गौतमका अनुसार सहयोगी मनहरुको सहयोग लिएर प्रहरी चौकी बनाउन आर्थिक सहयोग संकलन र जनश्रमदानमार्फत युवाको टोलेले पुन:निर्माण गर्न युवाहरूको टोली अघि बढेको हो ।

यो पुन:निर्माणको अभियानमा जुट्न र भवन मर्मतको लागि सहयोग गर्न अर्का युवा संगम श्रेष्ठले सबैमा अनुरोध गरेका छ्न ।



