रौतहट,२८ भाद्र । रौतहटमा आज(सनिबार) बिहान ६ बजेदेखी बेलुकी साझ ७ बजेसम्म निषेधाज्ञा र ७ बजेदेखि भोलि(आइतबार)बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । यो आदेश सङै जिल्लामा निषेधाज्ञा र कर्फ्यु लम्बिदै गएको छ । जिल्लाको पछिल्लो सुरक्षा परिस्थिति विचार गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर दिनभरी निषेधाज्ञा र साझ परेपछी कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ७ बमोजिम जारी गरिएको आदेशअनुसार निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी मानिस भेला वा जमघट गर्न नपाइने, यातायातका साधन (सार्वजनिक तथा निजी) सञ्चालनमा रोक लगाइने तर आकस्मिक सेवाका सवारी साधन (एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, सब्जी, दुग्ध पदार्थ तथा दुध ढुवानीका साधन,सञ्चार माध्यमका गाडी) मा भने रोक नहुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रजिअ खडकाले बताए ।


