रौतहट,२८ भाद्र । आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न । गत भाद्र २४ गते मङलबार जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा सुरु भएको छ ।
युवाहरुले अभियानका रुपमा शुक्रबार देखि प्रहरी कार्यालयमा आगलागी बाट जलेर नस्ट भएका सर सामान सफा गर्दै सबैलाई भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरिएको युवा सुमन गौतमले बताए । गौतमका अनुसार सहयोगी मनहरुको सहयोग लिएर प्रहरी चौकी बनाउन आर्थिक सहयोग संकलन र जनश्रमदानमार्फत युवाको टोलेले पुन:निर्माण गर्न युवाहरूको टोली अघि बढेको हो ।
कार्यालय जलेपछी प्रहरीलाई समस्या
२४ भदौको तोडफोड र आगजनीले रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयमा क्षति पुगेपछि कर्मचारीले बाहिरै बसेर सेवा दिइरेहका छन् । आगजनी भएको भवनमा युवाहरुले सफा गरिरहेका छन् ।
प्रहरी नायब उपरीक्षक रुपा लाबुङ लगायतका प्रहरी कर्मचारीलाई बस्न, खान र सुत्न समस्या परेको छ । ‘हामी बस्ने कहां भन्ने अन्योल अवस्था छ । अहिले बाहिर बसेर जनताको काम गर्ने भन्ने सोचिरहेका छौं,’ उनले भनिन्, ‘अब शान्ति सुरक्षामा पनि खटिनुपर्नेछ ।’ प्रदर्शनकारीले कार्यालयको सबै सवारी जलाइदिएपछी प्रहरीलाई गस्तीमा निस्कन समेत समस्या परेको छ। अहिले प्रहरीहरु जिल्ला ट्राफिकको जलेकै भवनमा बस्न बाध्य रहेको लाबुंगले बताईन।
महासंघ अध्यक्ष कार्कीको नेतृत्वमा आर्थिक श्रोत जुटाउदै युवा
प्रहरी भवन बिहिन , सवारी साधन बिहिन भएपछी शान्ती सुरक्ष्या कायम राख्न समस्या परेकाले सबै मिलेर जतिसक्दो चाडो प्रहरी कार्यालय बनाउने अभियानमा आफुहरु लागेको पत्रकार महासंघ रौतहटका अध्यक्ष्य सन्जय कार्कीले बताए।
सुक्रबार साझ सम्म ३ लाख ४ हजार नगद र जिन्सी सामानहरु सहयोग बापत आएको र आज सनिबार पनि आर्थिक सहयोग उठ्ने क्रम जारी छ। हालसम्म ४ लाख ६५ हजार ७ सय रुपैया र जिन्सि सामानहरु ( वाईरिङ्ग , ईट्टा , बलुवा , सिमेन्ट , झ्याल , ढोका , सिसा, जेसिबी सहयोग ) करीब रु ४ लाख बराबरको प्राप्त भईसकेको अध्यक्ष्य कार्कीले बताए।
धेरै क्षती चंद्रपुरमा
आन्दोलनका क्रममा धेरै क्षती चंद्रपुरमा भएको छ। प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी,ईलाका प्रहरी कार्यालय , डिभिजन वन कार्यालय , डिभिजन सडक कार्यालय , मालपोत कार्यालय कार्यालय,क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी र चन्द्रपुरका नगरप्रमुख संजय काफ्लेको घरमा तोडफोड र आगजनी भएको थियो ।
त्यस्तै गौरमा जिल्ला प्रशासनमा पनि क्षति पुगेको छ भने गौर कारागार फोडेर भागेका २९१ कैदीमध्ये ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी २०९ जना अझै फरार छन् । गरुडाको ईलाका प्रशासन , गरुडा नगरपालिका,गरुडाका मेयर कन्थमनी जैसवालको घरमा तोडफोड र लुटपाट भएको थियो।


