हावाहुरी प्रभावितलाई सहयोग गर्न प्रदेश २ सरकारको आह्वान, मन्त्री परिषद टोली प्रभावित क्षेत्र जाँदै

जनकपुरधाम रदेश २ सरकारले बरा र पर्सामा भीषण हावाहुरीबाट प्रभावित भएकाहरुको लागि सहायेगमा जुट्न विपद व्यवस्थापन जोखिममा काम गर्ने संस्थाहरुलाई राहतको आह्वान गरेको छ ।

सोमबार विहान बसेको प्रदेश २ मन्त्री परिषद बैठकले बारा र पर्सामा भीषण हावा हुरीबाट प्रभावित भएका पीडितहरुलाई सहयोग विपद व्यवस्थापनका लागि काम गर्ने संघसंस्थालाई आह्वान गर्ने निर्णय गरेको हो । 
यस्तै हावाहुरीमा परी मृत्यु भएका मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने प्रदेश सरकारले निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार घाइतेहरुलाई सम्पूर्ण उपचार खर्चको व्यवस्था प्रदेश सरकारले मिलाउने, घर भत्किएकाहरुको पुनरबासको व्यवस्था गर्ने मन्त्री परिष बैठकले गरेको छ ।

राहत उद्धार समिति गठन


यस्तै प्रदेश सरकारले हावाहुरी प्रभावितहरुका लागि राहत एवं उद्धारका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको संयोजकत्वमा पाँच सयदस्य राहत तथा उद्धार व्यवस्थापन समिति गठन गरेको छ । जसमा सामजिक विकास मन्त्री नवल किशोर साह, उदोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, मुख्यमन्यायाधिवक्ता दिपेन्द्र झा र कानुमन्त्रालयका कानुन अधिकृत रेहका छन् ।


प्रदेश २ मन्त्री परिषदको टोली प्रभावित स्थल तर्फ प्रस्थान


प्रदेश २ सरकारको मन्त्री परिषदको टोली हावाहुरी प्रभावित स्थल बारा र पर्सा प्रस्थान गरेको छ । स्थल गत अवस्थाको निरीक्षण तथा राहत एवं उद्धारको लागि त्यस स्थल तर्फ प्रदेश सरकारको मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरुको टोली प्रसाद नगरेको कानुमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

आईतवार साँझ असिना पानीसंगै आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी ३१ जनाको मृत्यु भइसकेको छ भने चार सयभन्दा बढी घायते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles