अाैषधि अभाव हुन नदिन मन्त्रीकाे निर्देशन

हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

प्रदेश ३ काे समाजिक विकास मन्त्रालयअन्तर्गतकाे  स्वास्थ्य अापूर्ति व्यवस्थापन केन्द्रकाे अाज साेमबार बिहान उद्घाटन गर्दै मन्त्री दुलालले अाैषधिकाे व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन् । स्वास्थ्य क्षेत्रकै सबैभन्दा संवेदनशील कार्यालय अाैषधि अापूर्ति व्यस्थापन केन्द्र रहेकाे भन्दै मन्त्री दुलालले कार्यालयले प्रभावकारी काम नगर्दा समग्र स्वास्थ्य सेवा नै प्रभावित हुने भएकाले प्रभावकारी रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

हेटाैंडा-१ मा रहेकाे तत्कालीन क्षेत्रीय मेडिकल स्टाेरलाई प्रदेशअन्तर्गतकाे अापूर्ति व्यवस्थापन केन्द्रमा परिणत गरी सञ्चालनमा ल्याइएकाे हाे ।  केन्द्रले प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थालाई अाैषधि वितरण गर्नेछ । प्रदेश २ मा पनि अाैषधि भण्डारणकाे लागि भाैतिक पूर्वाधार नबनेसम्म प्रदेश २ मा पनि अाैषधि पठाउने जिम्मेवारी छ ।

३ नम्बर प्रदेशका निमित्त सचिव दिपेन्द्र सुबेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मनाेज साउदले मन्तव्य राखेका थिए । केन्द्रमा १७ जना कर्मचारीकाे दरबन्दी रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles