विप्लब इञ्चार्ज ज्वाला रिहा भएलगत्तै पक्राउ, हाँसीहाँसी गए फेरि जेल

हेटौंडा- नेक्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा मकवानपुर इञ्चार्ज बीरबहादुर घलान ज्वालालाई आज रिहा गरेलगतै पुनः पक्राउ गरिएको छ ।

गत चैत २८ गते पक्राउ गरिएका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएपछि रिहा भएका थिए, रिहा भएलगत्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको गेटबाटै पुनः पक्राउ गरेको हो । तोकिएको रकम बुझाएपछि कानुनतः रिहा गरिए पनि तत्कालै फेरि पक्रिएर अर्को मुद्दा चलाइने तयारी प्रहरीले गरेको छ ।

ज्वालाले हात हतियार मुद्दाको जरिवानाबापत् जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका थिए । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि आइतबार बुझाइएको थियो । उनको तर्फबाट अधिवक्ता केशव गौतमले प्रशासन र अदालतमा रकम बुझाएका थिए । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर, ज्वालाले सो समय धरौटी र जरिवाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले आज रिहा गरिएको भएपनि पुनः अर्को मुद्धा भएकालेपक्राउ गरिएको बताए । नेपाल बन्दको क्रममा मकवानपुरको हेटौंडा–१९, नेवारपानी नजिकै गाडीमा आगजनी गरेको भन्दै प्रहरीले पुनः मुद्दा चलाउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles