श्रमिक दिवसमा ट्रेड युनियन काँग्रेस मकवानपुरले गर्दैछ यस्ता कार्यक्रम

हेटौंडा– नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन काँग्रेसले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । ट्रेड युनयिनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी दिवसको अवसरमा गर्ने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

ट्रेड युनियनले आज मंगलबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै बुधबार हेटौंडाको फरेष्टी क्याम्पस गेटबाट ¥याली निकालेर हेटौंडा ४–स्थित पशुपति मन्दिरको सभाहलमा सभाको आयोजना गरेको छ । सभामा नेपाली काँग्रेसका केन्द्रीय नेता डा. रामशरण महतले सम्बोधन गर्ने ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष श्रेष्ठले मुलुकमा लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा मजदुरका केही समस्याहरु समाधान भए पनि अपेक्षाकृत रुपमा आफ्ना मागहरु पूरा नभएको भन्दै अझै संघर्ष आवश्यक रहेको बताए । मजदुरहरुमाथि अत्याधिक श्रम शोषण भएको भन्दै अमेरिकाको सिको सहरका मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर आन्दोलन गरेका थिए । सो आन्दोलनमा अत्याधिक दमन भएको थियो । सोही घटनालाई स्मरण गर्दै हरेक वर्ष मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।

मकवानपुरमा हाल औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने करिब ८ हजार मजदुर ट्रेड युनियन काँग्रेसमा आवद्ध रहेको संगठनले जनाएको छ । मकवानपुरमा न्युनतम पारिश्रमिक लागू नहुनु, नियुक्तिपत्र नदिई काममा लगाउनु जस्ता समस्या रहेको ट्रेड युनियन काँग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा ट्रेड युनियन काँग्रेस ३ नम्बर प्रदेश उपाध्यक्ष विजेन्द्र लामा, ट्रेड युनियन काँग्रेस मकवानपुरकी बरिष्ठ उपाध्यक्ष तारा कार्की राई, उपाध्यक्ष शर्मिला श्रेष्ठ , जिल्ला सहसचिव मुना पाठक, सल्लाहकार रमेशध्वज कार्की, जिल्ला सदस्य सविन मगरलगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles