प्रदेश ३ का यी २२ वटा विद्यालयमा आधारभूत शिक्षा सुनिश्चित

हेटौंडा–३ नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत तह सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु धादिङ र दोलखाका धेरै रहेका छन् ।
ती दुई जिल्लाका ७/७ वटा स्थानीय तहमा आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिएको छ । त्यस्तै ललितपुरको ५ वटा स्थानीय तहमा पनि आधारभूत तह सुनिश्चत भएको घोषणा गरिसकिएको छ । यी सबै स्थानीय तहमा २०७५ सालभरमा आधारभूत तह सुनिश्चित भएको घोषणा गरिएको थियो । मकवानपुर, भक्तपुर र सिन्धुपाल्चोकका एक/एक वटा स्थानीय तहमा पनि आधारभूत शिक्षाको सुनिश्चितता भएको घोषणा गरिसकिएको छ ।

३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले सोमबार हेटौंडामा एक कार्य अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरेका २२ वटा स्थानीय तहहरुलाई सम्मान गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउ, सबै बालबालिकाहरुलाई विद्यालय पुरु¥याऔ’ भन्ने नारा सहित कार्यक्रम भएको हो । आधारभूत शिक्षाको सुनिश्चितता घोषणा भएको भक्तपुरको चा“गुनारायण नगरपालिका, सिन्धुपाल्चोकको लिसंखु पाखर गाउ“पालिका, दोलखाको भिमेश्वर नगरपालिका, कालिञ्चोक गाउपालिका, विगु गाउपालिका, गौरीशंकर गाउ“पालिका, तामाकोशी गाउपालिका, मलुङ गाउ“पालिका, शैलुङ गाउ“पालिका, ललितपुरको महाङ्काल गाउ“पालिका, मकवानपुरको मकवानपुर गढी गाउ“पालिकालाई सम्मान गरिएको छ । यस्तै, ललितपुरको बागमती गाउ“पालिका, कोन्ज्योसोम गाउ“पालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालाई सम्मान गरिएको थियो ।

धादिङको बनीघाट रोराङ नगरपालिका, धुनिवेसी नगरपालिका, गल्छी गाउपालिका, नेत्रावती डवजोङ गाउपालिका, खनियावास गाउपालिका, सिद्धलेख गाउपालिका, थाक्रे गाउपालिकालाई सम्मान गरिएको छ । यस्तै, कार्यक्रममा सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया पनि गरिएको थियो । विद्यार्थी भर्ना कार्यक्रमलाई प्रभाबकारी बनाउने उपाय पहिचान गर्ने, विद्यार्थीलाई विद्यालयमा टिकाउने र सिकाउने उपाय पहिचान गर्ने र विद्यालय सुधार तथा नमूना विकास गर्ने सम्बन्धी छलफल गर्ने उद्देश्यले कार्यक्रम सोमबार अन्तरक्रियाको आयोजना गरिएको थियो । शिक्षा बिकास निर्देशनालयका कार्यबाहक निर्देशक दिनेश कुमार श्रेष्ठका अनुसार ३ नम्बर प्रदेशमा हाल संस्थागत र सामुदायिक गरी बालविकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय ६ हजार ९ सय ३० वटा विद्यालय सञ्चालित छन् ।

त्यसैगरी कक्षा १ देखि ५ सम्म अध्यापन गराउने ६ हजार ८ सय ९३ विद्यालयहरु सञ्चालित छन् । कक्षा ८ सम्म अध्यापन गराउने विद्यालयको संख्या ३ हजार ८ सय ९३ रहेका छन् । कक्षा १ देखि १० सम्म पढाउने विद्यालयको संख्या २ हजार ७ सय २९ र १ देखि १२ कक्षासम्म पढाउने विद्यालयको संख्या ९ सय ७८ वटा रहेका छन् । कार्यक्रममा भोलाराज काफ्लेले सार्वजनिक शिक्षामा सुधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका कार्यबहाक मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

प्राविधिक शिक्षालाई अनिवार्य गर्न सके दक्ष जनशक्ति उत्पादन हुने र रोजगारीको अवसर सिर्जना हुने उनले दावी गरे । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभाका शिक्षा स्वास्थ्य तथा कृषि समितिका संयोजकका घनश्याम दाहाललगायतले शिक्षा क्षेत्रको विकास गर्न सके देशको समग्र विकास अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles