हेटौंडा–महिला सांसदले सदनमा उठाएको विषयलाई सञ्चारमाध्यममा प्राथमिकता नपाएको गुनासो महिला सांसद्हरुले गरेका छन् ।
३ नम्बर प्रदेश प्रदेशसभा सचिवालयको आयोजनामा हेटौंडामा आज भइरहेको सांसद् र सञ्चार सम्बन्ध विषयक अन्तक्र्रियामा बोल्ने अधिकांश महिला सांसद्हरुले यस्तो धारणा राखेका हुन् । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्वाहाङ्फेले संसदनमा उठेको विषयले सञ्चारमाध्यममा ठूलो स्थान नपाउने गरेको गुनासो गर्दै स्थान पाइएहाले पनि महिला सांसद्ले उठाएको विषयले स्थान नपाएको बताइन् ।
३ नम्बर प्रदेश सांसद् अष्टलक्ष्मी शाक्यले सञ्चारमाध्यममा महिलाको सवालले खासै स्थान नपाउने गरेका बताइन् । ‘विवाद विषयले सञ्चारमाध्यमले बढी स्थान दिइरहेके देखिन्छ । समग्रमा सदनको विषयले कम प्राथमिकता पाउँछ । त्यसमा महिला सांसद्हरुको आवाज त विलाउँछ ।’, उनले भनिन् । ३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठ तथा उपसभामुख राधिका तामाङलगायतले सांसद र सञ्चारवीचको सम्बन्धबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश ३ का महिला सांसद, पत्रकारलगायतकाको उपस्थिति रहेको छ । सञ्चारकर्मी र पत्रकारबीच राम्रो सम्बन्ध कसरी स्थापित गर्ने भन्ने सन्दर्भमा हेटौंडाको एभोकाडो होटलमा आज छलफल भएको हो ।