फोरम र नयाँ शक्ति एकता गर्ने सहमति, दुई जना नै अध्यक्ष हुने

काठमाडौं– उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बीच एकता गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नयाँशक्तिको केन्द्रीय कार्यालयमा भएको लामो वार्तापछि दुबै पार्टीका प्रमुखले आज शनिबार एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिने भएको छ। पार्टी एकता घोषणासभा भने सोमबार राखिएको छ । यसै हप्तादेखि दुबै पार्टीबीच एकताका लागि वार्ता भएको थियो। १९ बैशाखमा वार्तामा राष्ट्रिय जनता पार्टी राजपा पनि मिसिएको थियो । तर, नेतृत्व र कतिपय सांगठनिक विषयमा कुरा नमिल्दा एकता हुने कुरामा आशंका जन्मिएको थियो ।

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन्। भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको टुंगो लगाइएको हो ।

घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ ।
संघीय परिषदलाई पहिलो प्राथमिकता दिँदै त्यसको नेतृत्व डा भट्टराईलाई दिने निर्णय गरिएको छ। नेपालका सबै मूलधारका पार्टीझैँ नयाँ पार्टीको केन्द्रीय समितिको गठन पनि गरिएको छ, जसको अध्यक्षता हालसम्म फोरमको अध्यक्ष रहेका उपेन्द्र यादवले गर्नेछन् ।

स्रोतका अनुसार, नेतृत्वको पहिलो वरियतामा डा भट्टराईलाई राखिएको छ भने केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार संघीय परिषदलाई दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles