लागुऔषध सहित एकजना युवक पक्राउ

860

रौतहट १० जेठ । रौतहट चन्द्रनिगाहपुरमा लागु औषधको सेवन तथा कारेवार बढ्दै जान थालेको स्थानियले बताउदै आएका छन । 
बुधबार चन्द्रपुर ५ प्रहरीले लागुऔषध सहित एकजना युवक प्रहरीले पक्राउ गरेको छ । 
२६ बर्षिय मुकेश साह भन्ने निर्मल साहलाइ प्रहरीले पक्राउ गरेको जनाएको छ । चन्द्रपुरमा लागुऔषध कारोवारी र सेवनकर्ताहरु बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गर्दै आएका छन ।
प्रहरीले नुफिन ९ थान ,फेनरागन ९ थान र डाइजेल्याक्स ९ थान बरामद भएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक संतोष पाठकले जानकारी दिनुभएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg