रौतहट,१६जेठ । रौतहटको चर्चित बजार कटहरियालाई सुुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरीएको छ ।समुुदाय प्रहरी साझेदारीको अवधारणा अनुुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरीएको हो ।
१२औं गणतन्त्र दिवशको अवसरमा एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी नेकपाका प्रदेश सांसद कुुन्दन कुुश्वाहा,रौतहटका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापा,नेपाल प्रहरीका प्रहरी उपरिक्षक भुुपेन्द्र खडकाले संयुुक्तरुपमा सिसी टिभीको उदघाटन गर्नुु भयो ।
उक्त अवसरमा प्रमुख अतिथी सांसद कुुश्वाहाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडानले भोलीको दिनमा स्मार्ट नगरपालिका बनाउनका लागी पहिलो खुुडकिलो रहेको पारगरेको बताउनुु भयो ।
सिसीटिभी क्यामरा जडानबाट विकासको गतीमात्र बढने होईन शान्तिसुुरक्षा
बढेकाले पनी स्थानिय ब्यापारीहरु खुलेरै ब्यापार बढाउन सांसद कुुश्वाहाले आग्रह गर्नुु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी किरण थापाले ऐतिहाँसिक बजार कटहरियामा सिसीटिभी क्यामरा जडानले चोरी लगायत बिभिन्न अपराधमा नियन्त्रण हुने बिश्वास ब्यक्त गर्नुु भयो ।
प्रहरी उपरिक्षक भुुपेन्द्र खत्रीले जनताको ज्युु धनको प्रत्यक्ष सुुरक्षा गर्न र नेपाली जनताको मन संग जोडिन समुदाय प्रहरी सोझेदारीको अवधारणा नेपाल सरकारले अघि सारेको बताउनुु भयो ।
सोही अवधारणा अनुुरुप कटहरिया बजारमा सिसीटिभी क्यामरा जडान हुनुुले नगरको गरीमा मात्र बढेको होईन अपराध समेत न्युन हुने बिश्वास ब्यक्त गर्नुु भयो ।
कटहरिया नगर प्रमुुख सियाराम कुश्वाहाको पहलमा नगरपालिकाको कुल १५ लाख एकहजार रुपैयाको लगानीमा बजार क्षेत्र अन्तरगत तत्काल ९ वटा नाईटभिजन सिसीक्यामरा र पाँच स्थानमा सामानय गरी १४ स्थानमा सिसी टिभी क्यामरा ,३५ स्थानमा सेन्सर भेपरलाईट जडान गरीएको लेखा अधिकृत रामप्रकास साहले बताउनुु भयो ।
नगरप्रमुख कुश्वाहाले जडानभएको सिसीटिभी क्यामरा उच्चसतरको रहेको र सेन्सर भेपरलाईट दिउसो आफै निभने र रातीबल्ने बताउदै बजारक्षेत्रलाई थप ब्यवश्थित र सुुरक्षित बनाउन यसै हप्ता भित्र अझै ९ वटा सिसीटिभी क्यामरा जडान गरीने प्रतिवद्धता ब्यक्त गर्नुु भयो ।
उदघाटन समारोहमा नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साह,सशस्त्रका एसपी कृष्ण ढकाल,राष्टिय अनुुसंधानका एसपी अभिनय कुमार शिंह लगायतकाले शुुभकामना मन्तब्यका साथै सिसीटिभी क्यामरा जडानको सराहना गरेका थिए ।
प्रदेश सांसद कुश्वाहाद्धारा कटहरियामा सिसिटिभी उद्घाटन
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg