चन्द्रपुर,२२ जेठ । विश्व वातावरण दिवशका दिन वृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय रौहतटको आजोजनामा वातावरण दिवशको अवसर पारेर वृक्षारोपण गरिएको हो ।

हातेमालो सामुदायीक वन को वन क्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुर रौतहटले जानकारी दिएको छ ।

चन्द्रपुर नगरपालिका क्षेत्र भित्र ¥याली गरेपश्चात विभिन्न साझेदारी वनले हातेमालोको वन क्षेत्रमा वृक्षारोपण गरेको रंगपुर साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले रुख जोगाउन सके बातावरण जोगिने भएकाले रुख,विरुवा संरक्षणमा सबंै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न साझेदारी वनका पदाधीकारी,राजनीतिक दलका प्रतिनिधि,वन कार्यालयका कर्मचारी,सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दा,विद्यार्थहरुको उपस्थिती रहेको थियो ।