रौतहटमा मेयरमाथी टर्च प्रहार

राजपुर,२२ जेठ। रौतहटको राजपुर नगरपालिकाका मेयरमाथी आक्रमण भएको छ ।
मेयर शेख सकिललाई मंगलबार राती मस्जिदमा बसेका बेला स्थानीय एक युवकले टर्च लाईटले प्रहार गरेर घाईते बनाएका थिए ।
इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयरलाई स्थानिय एक यूवकले मंगलबार राति कुटपिट गरेका हुन । मेयर सकिललाई गाउँकै शेख कासिमले टर्चलाईटले हानेर घाईते बनाएका हुन ।

पर्व मनाउने क्रममा चन्दा माग गरेका उनले रकम थोरै भएको भन्दै मेयर माथि आक्रमण गरेको मेयर सकिलले बताए ।चन्दाको बहाना बनाएर आफुमाथी सुनुयोजित आक्रमण भएको उनले बताए । उनको आँखामा चोट लागेको छ ।
हातमा टर्च बोकेका कासिमले मेयर माथि टर्च प्रहार गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मेयर माथि आक्रमण गर्नेको ब्यापक खोजतलास गरिरहेको र चांडै फेला पारेर कानुनी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपी नबीन कार्कीले जानकारी दिए । घाइते मेयरको वीरगंजमा उपचार भईरहेको र अवस्था सामान्य रहेको डिएसपी कार्कीले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg