राबि संघले घेर्यो प्रदेश २ को लोकसेवा कार्यालय घेराउ

महोत्तरी । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यालय घेराउ गरेको छ ।

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निस्पक्षले बताउनुभयो ।

लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर्न संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले माग गर्नुभयो । लोकसेवा आयोगले असमावेशी बिज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने विद्यार्थीहरुको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles