बिभिन्न घटनामा ४ पक्राउ

रौतहट,२३ जेठ । बुधबार रातीको समयमा प्रहरीले रौतहटको कटहरिया नगरपालिकाबाट दुई लाख नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राय गरेको छ । प्रहरीले १ हजारको २ सय नक्कली नोट सहित कटहरीया बजारबाट साविकको सगैया पिपरा गा.वि.स.वडा नं. ५ हाल मौलापुर न.पा. वडा नं. ७ बस्ने वर्ष ४० को बिहारी साह र . साविकको बगही गा.वि.स.वडा नं. ९ हाल कटहरिया न.पा. वडा नं. ७ बस्ने वर्ष ६१ को जियालाल महतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।


पक्राउ परेका बिहारी साहले बारा जिल्लाको साविक गा.वि.स. पटेर्वा वडा नं. ९ हाल आदर्श कोतवाल गाउपालिका वडा नं. ६ बस्ने राजकुमार कुशवाहाको छोरा वर्ष २५ को आनन्द कुशवाहाल बारा जिल्लाकै साविक गा.वि.स. ईटवाल हाल सिम्रौनगढ नगरपालिका बस्ने जोगेन्द्र साह तेलीको ३५ बर्षिय छोरा मनोज तेली ले कटहरिया बजार सम्म उक्त नक्कली नोट पुर्याेउन लगाएको बयान दिएको प्रहरीले जनाएको छ । पैसा पुर्याउन लगाउने आनन्द कुशवाहा र मनोज तेली फरार रहेको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । यता रौतहट सदरमुकाम गौरबाट दुईजनालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एता मानब बेचबिखनको आरोपमा २ महिला पक्राउ परेका छन। बुधबार बिहानै ७ बजेर ३० मिनेटको समयमा माईती नेपाल संस्थाबाट खटिएका टोलीले गौर नगरपालिका वडा नं.१ स्थित भन्सार सुरक्षा जाँच हुने ठाँउमा नेपालबाट भारत तर्फ शंकास्पद रुपमा जान लागेकी महिलालाई रोकी सोधपुछ गर्दा १९ बर्षिय युवतीलाई ललाई फकाई बिभिन्न प्रलोभन देखाई मानव बेचबिखन तथा ओसार पसार गर्ने उदेश्यले जिल्ला डडेलधुरा आलीटार नगरपालिका वडा नं.४ बस्ने बर्ष ४२ की दुर्गा देवी बोहरा,जिल्ला रौतहट दुर्गा भगवती गाँउपालिका वडा नं.७ गंगापिपरा बस्ने बर्ष ५० की पार्वती देवीलाई नियन्त्रण लिएर आवश्यक कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
पिडित महिलालाई भारतको दिल्लीहुदै कुबेत पठाउनका लागी पुर्व योजनासहित लगिएका महिलाहरुको साथबाट फेला परेको कागजातबाट खुलेको प्रहरीले जानकारी दिएको छ , पक्राउ परेका दुर्गा देवी बोहरा र पार्वती देवीलाई मानव वेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles