१२ केजी गाँजा सहित ४ पक्राउ

रौतहट,२४ जेठ । रौतहटमा अबैध लागुऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् । बिहिबार राती मोटरसाईकलमा राखेर गाँजा तस्करी भईरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरीक्षक पपु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरीले गौर नगरपालिका वडा नं.४ बकैया नदीको बाँध सडकमा रातीको समयमा नेपालबाट भारत तर्फ जान लागेका भारत जिल्ला शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया वडा नं.१ बस्ने शंकर रायको २२ बर्षीय छोरा बिजय राय र भारत जिल्ला शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया वडा नं.१ बस्ने रामसेवक सहनीको २४ बर्षीय छोरा अमोद सहनीलाई १० किलो गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

बिआर ५५ ए २२४२ नम्बरको एच एफ डिलक्स मोटरसाईकलको सिटको कभर भित्र लुकाएर भारततर्फ लैंजादै गर्दा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाले रौतहटको यमुनामाई गाँउपालिका वडा नं.४ सरुअठा टोल बस्ने रमेश कुमार साह र सोही स्थानमा बस्ने ईनरजित साहले गाँजा दिएको बयान दिएपछि उनीहरुको घरमा खानतलासी गर्दा २ केजी गाँजा बरामद भएपछि उनिहरु दुबै सहित ४ जनालाईनै जिल्ला प्रहरी कार्यालय रौतहट गौर ल्याई थप अनुसन्धान अगाडी बढाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles