ग्यास सिलिण्डरमा आगो लाग्दा ७ जना घाइते

बारा ।  डुमरवानास्थित स्याउलु चोकमा खाना पकाउने ग्यास सिलिण्डरमा लागेको आगोबाट ७ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित नरजमान थिङको घरमा शुक्रबार खाजा पकाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीय अनिता थिङ घाइते भएका छन् ।यसैगरी, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साइमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि घाइते भएका छन् । घाइते मध्ये ज्ञानीमाया, दिल्लीमाया र सुक्कुमायालाई थप उपचारका लागि विरंगजस्थित नेश्नल मेडिकल कलेजमा पठाइएको र बाँकीको सिमरास्थित अरलपाइन अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । खाना पकाउने ग्यासको सिलिण्डर सकिएर अर्को सिलिण्डर जोडने क्रममा आगलागी भएकाे स्थानीयले बताएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg