साइबर क्राईम र सडक दुर्घटना विषयमा सचेतना कार्यक्रम सम्पन्न

चन्द्रपुर,२४ जेठ । चन्द्रनिगाहपुरमा प्रहरीले विद्यार्थीहरुलाई सतेत गराउनका लागी साईवर क्राईम र सडक दुर्घटना विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रनिगाहपुर स्थित मुन लाईट एकेडेमीमा अध्ययनरत कक्षा ९ र १० का ४५ जना विद्यार्थीहरुलाई साईवर क्राईम र सडक दुर्घटना विषयमा सचेतना मुलक कक्षा लिएको प्रहरीले जनाएको छ ।


ईप्रका चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवाल र रौतहट ट्राफिक प्रहरी प्रमुखले साईबर क्राईम कसरी घटाउने,यसबाट कसरी बच्ने र सडक दुर्घटना न्युनिकरण गर्ने तरिकाका बारेमा बिद्यार्थीहरुलाई सचेतना दिईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles