रेडियो संचारकर्मीहरुका लागि जीवन बचाऊ सम्बन्धि ३ दिने तालिम सुरु

चन्द्रपुुर। रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश नं. २ का रेडियो संचारकर्मीहरुका लागि जीवन बचाऊ सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।
अलंकार इनोभेसन्स एण्ड डिजिटल भेन्चर्सको अयोजनामा शनिबार देखि सुरु भएको ‘जीवन बचाऊ (लाइफलाइन)’ कार्यक्रममा बाढि पहिरो, हावाहुरी, भुकम्पजस्ता आपतकालीन र मानवीय संकटका अवस्थामा संकटमा परेकाहरुको जीवन जोगाउन सहयोग गर्ने र उनीहरुको समस्या कम गर्ने सूचना वा जानकारी गराउने बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिईएको छ ।


कार्यक्रमको पहिलो दिन मानिवीय संकटमा परेकाहरुको जीवन जोगाउन सहयोग गर्ने , विपतबाट प्रभावितहरुका बारेमा नभएर प्रभावितहरुका लागि काम लाग्ने सुचना दिने , समस्या न्यूनीकरण गर्ने वा जनाकारी प्रदान गर्ने , व्याहारिक र कामकागी सुचना दिने, आवश्यक कागजात सुरक्षित राख्ने , सुचनाले गर्दा मानिसको ज्यान , गरि खाने मेलो र सम्पति जोगाउन सक्ने , विपत क्यालेन्डरलाई ध्यानमा राखी जनतालाई , विपतको बारेमा सुसूचित गराउने प्रवित्तिका जानकारी तथा सुचना प्रवाह गर्ने विषयमा प्रदेश २का सम्पूर्ण जिल्लाबाट सहभागी रहेका रेडियो कार्यक्रम संचालकलाई प्रशिक्षण दिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles