दुर्घटनामा घाईते भएका एकको मृत्यु

रौतहट,२६ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको पहिलो लच्कानजिकै शुक्रबार भएको दुर्घटनाका घाईतेको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ४ जना सवार ना४च ८३९४ नम्बरको पिक अप गाडी दुर्घटना हुदा घाईते भएका दुईजनामध्य एकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ४० वर्षीय वृजकिशोर साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साहको टाउको र पेटमा गम्भीर चोट लागेको थियो । अर्का घाईते बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का महादेव सहनीको दाहिने खुट्टा भाँचिएको थियो । दुबैको वीरगञ्ज स्थित न्युरो अस्पतालमा उपचार गरिएकोमा उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg