प्रमुख प्रशासकीय अधिकृत कार्की निलम्बनमा

गौर,२६ जेठ ।
रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । पटक–पटक सरुवा भएपनि तोकिएको स्थानमा नगई गौर नगरपालिकामा बसिरहेका कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले २ महिनाको लागी निलम्बन गरेको छ ।
जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिदाँ नगएपछ मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles