तस्करीमा संलग्न २ जना पक्राउ

पर्सा,२६ जेठ। १ सय २० लिटर डिजेलसहित पर्साबाट प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । जगरनाथपुर गाउँपालिका–२, पचरौता टोल बस्ने १८ वर्षीय रफी आलम पक्राउ परेका हुन। बीआर २२ जे ६१२७ भारतीय नम्बरको मोटरसाइकलमा डिजेल लोड गरी अवैध रुपमा भारततर्फ लैजाँदै गर्दा आइतबार बिहान जगरनाथपुर गाउँपालिका–३, जानकीटोलाबाट आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसैबीच, प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट मरिच तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया बस्ने २६ वर्षीय राजनकुमार तुराहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजनलाई ना १५ प १७४९ नं.को मोटरसाईकलमा ८ किलो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।सीमा प्रहरी चौकी छपकैयाको टोलीले शनिबार बेलुका वीरगञ्ज–१ छपकैयाबाट उनलाई नियन्त्रणमा लिएको थियो । बरामद गरिएको समान सहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles