पाकिस्तान भारतसँग ८९ रनले पराजित

म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो। पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।

यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० रन बनाएर आउट भए ।

उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए । बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles