चन्द्रपुर। चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा अवस्थित बालनिकेतन माविमा राष्ट्रिय सेवादल जुनियर डिभिजनको तालिम सुरु भएको छ । सो तालिमको पहिलो दिन मंगलबार इनद्रबक्स गुल्म चन्द्रनिगाहपुरका गुल्मपति मेजर पलम पुरीद्धारा प्रथम प्रवचन गरिएको छ । प्रवचनको क्रममा मेजर पुरीले यो तालिमले विद्यार्थीहरुमाअनुशासनको विकास हुनुका साथै देशप्रति सर्मपित युवा जनशक्तिको निमार्ण गर्ने धारणा व्यक्त गरे ।
उनले कुनैपनि बेला राष्ट्रका निम्ति योगदानगर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तीले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्यलिएर २०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको भन्दै यस तालिममार्फत देशको समग्र यूवाजनशक्तिमाअनुशासित, वफादार, ईमान्दार र जवाफदेहि, नेतृत्वदिन सक्ने, देशभक्त एवं राष्ट्रिय एकताको भावनाजागृत हुने दावी गरे । उनले तालिम समाप्त गरे पश्चाततालिमलिने विद्यार्थीहरुको व्यक्तित्व बिकास हुनुका साथै विपद्को बेला एवम् राष्ट्रलाई आवश्यक परेको अवस्थामादक्ष स्वयम् सेवकजनशक्तिको निर्माण गरी नेपाल जस्तो प्राकृतिकविपद्को जोखिममा रहेको राष्ट्रलाई अमूल्य सहयोग मिल्नबताए ।
सो तालिममा बालनिकेतन माविमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने १८/१८ जना छात्रछात्रा सहभागि भएका विद्यालयका प्रिन्सिपल वृजकिशोर चौरसियाले बताए । उनले तालिमले विद्यार्थीहरुमाअनुशासित, नेतृत्व क्षमताको विकास, वफादारितारईमान्दारीता, राष्ट्रिय एकताको भावनाको विकास भएर एक असल नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
७९ दिन सम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्साअध्ययन सिकाइन्छ । ७९दिनको तालिमपछि २१ दिनेवार्षिक सामुहिक क्याम्पमा संचालनहुने सो गुल्मले जानकारी दिएको छ । सामुहिक क्याम्प पूर्वमा मोरङ्ग जिल्लाको याङसिला, मध्यपुर्वमामहोत्तरी जिल्लाको किशाननगर, मध्यमानवलपुर जिल्लाको हात्तिखोर तथा पश्चिममा बांके जिल्लाको कोहलपुरमा संचालनगरिनेछ । २१ दिनचल्ने सो क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्वविकास सम्मको तालिमलिन सकिने छ । त्यसैगरी यूवाआदानप्रदान कार्यक्रमअन्र्तगत क्याडेट छात्रछात्राहरुको वौद्धिक क्षमताअभिवृद्धि गर्न तथा विभिन्न मित्र राष्ट्रका क्याडेटहरु बीचमा भाईचारापन, भातृत्वविकास गर्ने उद्देश्यले भारत, श्रीलंका , बंगलादेश, सिंगापुर, भुटान, माल्दिभ्स र पाकिस्तान लगायतका देशहरुमागएर थपतालिमलिने अवसर उपलब्धहुने सो गुल्मले जनाएको छ । राष्ट्रिय सेवादलको तालिममा उत्कृष्ट भएको क्याडेट छनोट गरि भारतमा १५ जना, बंगलादेशमा १२ जना, श्रीलंकामा २० जना, सिंगापुरमा १० जना, भुटानमा १२ जना, माल्दिभ्समा ४जना, र पाकिस्तानमा १२ जना क्याडेटहरुलाईअवसर दिइने सो अवसरमा जानकारी दिइएको थियो ।