क्षमता बिकास सम्वन्धी ५ दिने तालिम सम्पन्न

चन्द्रपुर,१२ असार
क्षमता बिकास सम्वन्धी ५ दिने तालिम सम्पन्न गरिएको छ । विहिबार चन्द्रनिगाहपुरको अलपाईन होटलमा गत असार ८ गते देखि सुरु गरिएको तालिम सम्पन्न गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको सहयोग तथा श्री न्यू नेपाल साथी संगाती अर्गनाइजेशन नेपाल चन्द्रपुर १० को आयोजनामा सो सम्पन्न गरिएको हो । कार्यक्रम सहकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी तथा सदस्यहरु लाइ क्षमता बिकास गर्ने उदेश्यले तालिम दिईएको संस्थाको कोडिनेटर मुकेस गुप्ताले जानकारी दिए ।
शो समापन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप–सचिव कृष्ण प्रसाद सिग्देल, चन्द्रपुर नगरपालिकाका सामाजिक बिकास समितिका शाखा अधिकृत मिश्रिलाल साह,मातृभुमि विकास नेपालका अध्यक्ष संतोष काफ्लेले आफ्ना मन्तव्य राखेका थिए ।सो कार्यक्रम श्री न्यू नेपाल साथी संगाती अर्गनाइजेशन नेपालका संस्थापक अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles