३ दिने तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न

विजयपुर,१२ असार
किशोरी महिलाहरुलाई स्वास्थ्य सरसफाई कार्यक्रम अन्तर्गत ३ दिने तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरिएको हो ।

वडा नम्बर ११ अन्र्तगतको बुट्वा,भठी र राघी गाउको २७० घरधुरीलाई सेनेटरी प्याड वितरण तथा तालिम दिएको थियो ।
समग्र सामुदायिक विकास केन्द्र नामक एक गैर सरकारी संस्थाको आयोजना तथा फतुवा विजयपुर नगरपालिकाको सहयोगमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी,स्थानिय युवा नेता विजय चौधरी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम समग्र सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष दिपेन्द्र राउतको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg