चन्द्रपुर,१२ असार
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जनज्योति माध्यामि बिद्यालयमा संचालित १ दिने मोटिभेसनल लिडरशिप कार्यक्रम सम्पन्न गरिएको छ । जनज्योति माध्यामिक बिध्यालयमा अध्ययन गरेको २०६० सालको एस.एल.सी ब्याचको आयोजनामा सो मोटीभेसनल लिडरशिप कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे जनज्योति माध्यामिक बिद्ययालयका प्रचार्य शंकर भट्टराईले २०६० सालको एस.एल.सी ब्याचले गरेको कार्यक्रम सराहनीय भएको बताए ।
मोटीभेसनल कार्यक्रमले बिधार्थीको जीवनमा थप उर्जा र व्यवहारिक शिक्षामा जोड दिने बिश्वाश समेत प्रचार्य भट्टाईले बताए ।
सो कार्यक्रममा अहिंसात्मक संचार अभियान नेपालका रास्ट्रीय संयोजक के.बि शर्मा ले बिधार्थी–बिधार्थी बीच सम्बन्ध सुधार बनाउन बिधार्थीहरुले कसैलाई दुखी नबनाई आफ्नो आवश्कता कसरी पुरा गर्न सक्ने र ब्यहवारिक जीवनलाई कसरी अगाडी बढाऊने जस्ता कुराहरु सम्पुर्ण सहभागिहरुमा प्रष्ठ पारे । कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० का छात्र–छात्रा, २०६० सालको एस.एल.सी ब्याच लगाएत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।


