चन्द्रपुर,१३ असार
रौतहट प्रहरीहरुले कार्यलयमा गाडि अभाव हुदा अनुसन्धानका गाडी प्रयोग गर्न थालेका छन् । माथिल्लो निकायबाट पटक पटक गाडिको माग गर्दा समेत गाडि नपाएको कारण अनुसन्धानको गाडी प्रयोग गर्न बाध्य भएको रौतहट प्रहरीहरुको भनाई रहेको छ ।
रौतहट बाहेक अन्य जिल्लाहरुमा पनि पर्याप्त गाडी सुबिधा नहुदा प्रहरीहरुले चोरीका, अनुशन्धानमा रहेका जीप तथा मोटरसाइकलहरु प्रयोग गर्न बाध्य भएको पाईएको छ ।
रौतहटमा गत असार १० गते थुनुवालाई म्याद थप्न गौर लैजान गाडी अभावको कारणले काठ तस्करीमा प्रयोग भई डिभिजन वन कार्यालयले बरामद गरेको पुरानो भारतिय नम्बर प्लेटको गाडी दुर्घटना हुदा २ जना थुनुवाको मृत्यु र ६ प्रहरी सहित २ थुनुवा घाइते भएका थिए ।
रौतहटको चन्द्रनिगाहपुर, गरुडा, बिजयपुर र गौर प्रहरी कार्यालय बाट मुद्धा चल्ने गरेको छ । गौर बाहेक अन्य प्रहरी चौकिबाट थुनुवाहरु लाइ गाडीमा अदालत तथा वकिल कार्यालय लैजानु पर्ने बाध्यता रहेको छ ।
सो प्रहरी कार्यालयहरुमा प्रहरी लाइ पर्याप्त गाडीको व्यवस्था छैन । जिल्लामा ५०–५५ वटा भन्दा बढी प्रहरी चौकिहरु रहेका छन ।
ति सवै चौकिहरुमा गाडी सुबिधा छैन । कतिपय प्रहरी चौकहरुमा अनुसन्धानमा राखिएका मोटरसाइकलहरु प्रहरी चढ्न बाध्य छन ।