गोली प्रहारबाट एक घाईते

सर्लाही,१४ असार ।
अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एक जना घाइते भएका छन् ।
शनिबार मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन । गोली लागेका महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूह तथा उनीहरुले प्रयोग गरेको मोटरसाइकल नम्बर खुलेको छैन ।


महतोको दाहिने कुईनामा गोली लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । घाइते महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गोली कस्ले के कारणले प्रहार गरेको भन्नेबारे शुक्ष्म अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
महतोे वैदेशीक रोजगारीबाट केही महिना अघि फर्किएका हुन् । उनी पछिल्लो समय घर निर्माणमा मजदुरको रुपमा काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles