सम्पुर्ण कर मिनाहा गर्ने रौतहटको नमुना नगरपालिका

मौलापुर,१७ असार । मौलापुर नगरपालिकाले सवै कर मिनाहा गरेको छ । नगरपालिकाले सेवा दिए वापत लाग्ने सवै शुल्क मिनाहा गरेको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनु भयो ।मालपोत, व्यक्तिगत घटना दर्ता तथा बिभिन्न सिफारीस गर्दा शुल्क नलिने निर्णय भएको हो । नगरपालिकाले ५० लाख सम्मको सम्पतीमा कर छुट दिने समेत प्रस्ताव अगाडी ल्याएको छ । मौलापुुर नगरपालिकाले मालपोत कर छुट दिने भएपछि नगरबासीहरुमा खुशी छाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg