गौर,१७ असार । रौतहट जिल्लाको गौर नगरपालिकामा बिधालयमा शसस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेको छ ।
गौर,राजदेवी,राजपुर,ईशनाथ नगरपालिका सहित अन्य नगरपालिका लालबकैया र बागमती नदीको बिचमा रहेको नगरपालिकाहरु प्रत्येक बर्ष बर्षायाममा बाढीबाट स्थानीय चिन्तित हुदै आएका छन् । बाढीले गर्दा किसानहरुले लगाएको बाली पनि नष्ट गर्ने गर्छ । बर्षायाममा बाढीको बेला कुन समयमा के गर्ने भन्ने विषयमा शसस्त्र प्रहरीको ११ नंबर गणका शसस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालको निर्देशनमा बि.ओ.पी गौर भन्सारका शसस्त्र प्रहरी निरीक्षक दिपक राज भट्टले गौर स्थित रहेको महर्षी वाल्मीकि उच्च माध्यमिक बिधालयमा कक्षा ९ र १० का छात्र छात्राहरुलाई जोखिम न्युणिकरणका लागि जनचेतनामूलक तालिम दिएका हुन ।
बाढी आएको बेला आफु कसरी बाच्ने र अरुलाई कसरी बचाउने कस्तो पानी पिउने र खाना खाने सम्बन्धि जनचेतनामूलक तालिम दिईएके थियो । जनचेतना मुलक तालिम सबै विद्यालयमा दिईने शसस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए ।