सर्लाही। लालबन्दीमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७ फुलजोर पुल नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
सोमबार राति लालबन्दी नगरपालिका–१२ घारिबथानबाट विरामी बोकेर लालबन्दी तर्फ आउँदै गरेको बा३ख २०५४ नम्बरको बस र पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ७७९५ नम्बरको ट्रक एकापसमा ठोकिएको थियो ।
दुर्घटनामा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बसमा सवार सोही स्थानका ५४ वर्षीय ध्रवप्रसाद घिमिरे, २० वर्षीय गोपाल घिमिरे र २० वर्षीय सुजन घिमिरे पनि घाइते भएका छन् । उनीहरुको लालबन्दी नगरपालिकास्थित लाइफ लाइन हेल्थ केयर अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।
मृतक लायोको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीतसिहं राठौरले जानकारी दिनुभयो ।
यस्तै, सोही दुर्घटनामा ट्रकका चालक मकवानपुर थाहा नगरपालिका–११ बस्ने ३९ बर्षका रंजित ठोकर, सोही स्थानका ३६ बर्षका प्रताप ठोकर र ३५ बर्षका रोहित लामा घाइते भएका छन् । उनीहरुको लालबन्दीस्थित गडिमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जनतासमाचार डट कम बाट साभार


