वन अतिक्रमण रोक्न खनियो खाडल

न्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च) बनाएको छ । साझेदारी वन क्षेत्रसंगै टा“सिएको आवादी जमिनका प्रयोगकर्ताले वर्षेनी वन अतिक्रण गरी आवादी जमिनको क्षेत्रफल विस्तार गर्दै लगेकोको कारण वन क्षेत्र सागुरि“दै जाँदा त्यसलाई रोक्न खाडल नै खन्नु परेको हो ।
डिभिजन वन कार्यालय रौतहटले रंगपुर साझेदारी वनलाई विनियोजन गरेको रकम मध्येबाट करिब दुई लाख ५० हजार रुपियाको बजेटमा खाडल खन्ने काम गरेको रंगपुर साझेदारी वनका अध्यक्ष जितेन्द्र चौधरीले बताए ।

उनकाअनुसार डेढ मिटर चौडा र डेढ मिटर गहिरो गरी प्रारम्भिक चरणमा एक हजार छ सय ६० मिटर लम्बाई खाडल खनिने छ ।
झण्डै तीन हजार चार सय ७४ हेक्टर क्षेत्रफल रहेको रंगपुर साझेदारी वन तीव्र अतिक्रमणको कारण एक सय २० हेक्टर जमिन गुमेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामप्रसाद साहले जानकारी दिंदै भने ‘साझेदारी वनको विकास र व्यवस्थापनको लागि डिभिजन वन कार्यालयले ४५ लाख रुपियाँ विनियोजन गरेको छ ।’ विनियोजित उक्त रकमबाट गरिने काम पारदर्शीढंगबाट हुनु पर्ने सरोकारवालाको चासो छ ।
वर्षेनी वनको जमिन अतिक्रमण गरी आवादीमा परिणत गर्दै आएका किसान भने खाडलले आवादी जमिन र वन क्षेत्रको सिमा निर्धारण गरेको भन्दै खुसी भएका छन् । अतिक्रमण गरी बढाइएको आवादी जमिन खाडलकै कारण सुरक्षित भएको भन्दै उनीहरु खुसी भएका हुन् । यता वनले आवादी जमिन तर्फ बढी च्यापेको भन्दै स्थानीय किसान पासाङ लामाले साझेदारी वन प्रतिनिधिसंग आक्रोस पोखे ।


डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले आवादी जमिन र वन क्षेत्र सिमांकनको लागि खाडल बनाएको नभइ अतिक्रमण नबढोस् भन्नका लागि बनाएको अवाधारणा व्यक्त गर्दै भने ‘खाडलबाट निकालेको माटो सोही ठाउँमा बिच्छ्याउने काम भएको छ, जसमा तारबार गरी बृक्षा रोपण गरिन्छ र हरियाली बढाइने छ ।’खाडलले एकातिर वन अतिक्रमणमा कमी ल्याउ“छ भने अर्कोतिर टायरगाडा, टे«क्टरलगायत विभिन्न मालवाहक सवारीको आवागमन असहज पार्ने हुँदा काठ चोरी निकासीमा समेत नियन्त्रण हुने कुरामा उनी विस्वस्त छन् ।


रंगपुर साझेदारी वन क्षेत्रको जमिन खेति गर्ने प्रयोजनले मात्रै अतिक्रमण भएको हैन । चिम्नी, बेल्डी, माझिटोल, बेतौना लगायतका स्थानमा घर टहरा बनाई स्थायी बसोबास गर्ने सुकुमवासी र अन्यत्र घर भएका तर उक्त स्थानमा अस्थायी घर बनाएर बसेकाले समेत साझेदारी वनको जमिन अतिक्रण गरेका छन् । अतिक्रमित उक्त वन क्षेत्रको जमिन खाली गर्न लगाउन डिभिजन वन कार्यालयलाई सरोकारवालाको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles