गौर,३१ असार ।
पानीको सतह घटेपछि रौतहट प्रहरी दुई दिनदेखी उद्धार र राहत सामाग्री ढुवानी र बितरणमा युद्धस्तरमा खटेको छ । बाढी प्रभावित क्षेत्रमा दिनभर जिल्ला भरका विभिन्न स्थानमा उद्दार कार्य तथा राहत सामग्री ढुवानी एबम् वितरणमा सहयोग पुर्याउने कार्यमा आफ्ना मातहतका सबै युनिट खटिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
प्रहरी टोली जिल्लाको विभिन्न स्थानमा गई बस्तुस्थिति बुझ्ने, क्षतिको विवरण संकलन गर्ने, जोखिममा रहेकाको उद्दार गर्ने, जोखिममा रहेका बा“धहरुको मर्मत गर्ने कार्य निरन्तर रुपमा भईरहेको खत्रीले बताउनुभयो ।
आफ्नै नेतृत्वमा दिनभर राहत वितरण तथा उद्दार कार्यमा संलग्न हुनुभएका एसपी खत्रीले संचार र सडक सम्पर्क विच्छेद भएको ईशनाथ नगरपालिका—१ वन्जरहा मा टिकुलिया घाटबाट डुंगामा राखि राहत पठाउने कार्य भएको जानकारी दिनुभयो ।
ईशनाथमा नगरपालिका अहिले पनि डुवानमा रहेको हु“दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले २ वटा रवर बोट बन्जरहामा पठाएको उहा“ले बताउनुभयो ।
जिल्ला भरी करिव ४०० प्रहरी फिल्डमा खटिरहेको र अझ पनि कतिपय स्थान डुबानमै रहेको रिपोर्ट प्राप्त भएकाले निरन्तर उद्धारमा खटिन प्रहरी युनिटलाई निर्देशन समेत दिईएको एसपी खत्रीले जानकारी दिनुभयो ।


