ल्यूल नदीमा तैरने होटल बन्दै

एजेन्सी–स्वीडेनको ल्यापल्याण्ड क्षेत्रस्थित ल्यूल नदीमा एक तैरने होटल बनिरहेको छ । उक्त होटल तथा स्पाको नाम द आर्क्टिक बाथ राखिएको छ ।
तैरिने होटलप्रति मानिसहरुको क्रेज यति धेरै देखिएको छ कि सन् २०२१ का लागि अहिलेदेखि नै बुकिङ सुरु भैसकेको छ । उक्त होटलमा एक दिन बस्नका लागि ८ सय १५ पाउण्ड बराबरको रकम तिर्नु पर्दछ । यो होटल यति धेरै रोमाञ्चक छ कि गर्मीको समयमा यो नदीको पानीमाथि तैरिनेछ । जाडो याममा जब नदीको पानी जम्दछ, तब यो होटल पनि पानीस“गै जम्नेछ ।उक्त होटलको स्पा सेन्टर सुस्वास्थ्यको थिममा निर्माण गरिएको छ । उक्त स्पामा ग्राहकको पोषण, कसरत तथा मनको शान्तिका लागि विशेष थेरापी दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles